रास्वपामा पदाधिकारी चयनका लागि पनि मतदान हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि बिहीबार राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म मतदान हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको पाँचौं पटक निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै रातभर निर्वाचन गराउने भएकाे हाे ।
तालिका अनुसार रातकाे समयमा नै सबै प्रक्रिया सकेर राति साढे १ बजे मतपरिणाम घोषणा गर्ने कार्यतालिका छ ।
निर्वाचन कार्यतालिकाअनुसार बेलुका ६:३० देखि ७:०० बजेसम्म पदाधिकारीका लागि लागि उम्मेदवारी दर्ता हुनेछ भने ७:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने समय साँझ ८ बजेसम्म तोकिएको छ ।
दाबी विरोधमाथि जाँचबुझ ८:१५ बजेसम्म गरिनेछ भने उम्मेदवारी फिर्ता लिने अन्तिम समय ८:३० बजेसम्म रहने भनिएको छ । बेलुकी ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
९.१५बाट मतदान गरी १२.१५मा सम्पन्न गरी १.१५ सम्म मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी छ । ति १:३० बजे सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।
यसअघि सभापतिमा रवि लामिछाने निर्विरोध चयन हुनुभएकाे छ । केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सम्पन्न भइसकेको छ। अब उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षसहितका पदाधिकारी चयनमा प्रतिस्पर्धा हुने भएको छ । केही पदाधिकारी र केन्द्रीय सदस्य भने सभापतिले मनाेनित गर्ने विधान छ ।

