माैसमः तीन प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातकाे संभावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
महाशाखाले बिहिबार दिउँसाे देशको हिमाली भु-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
विहीबार राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू-भागमा आँशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


