बालेन्द्र शाह रास्वपाकाे संसदीय दलकाे नेता चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
आजै बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।
केन्द्रीय समिति र संसदीय दलकाे संयुक्त बैठकमा बालेनलाई दलको नेता चयन गर्ने पार्टी सभापति रवि लामिछानेकाे प्रस्ताव सर्वसम्मतिले पास भएकाे थियाे ।
रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर फागुन २१ काे चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित हुनुभएकाे हाे ।
Facebook Comments

