लुम्बिनी प्रदेशसभा बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकका मुख्य चार सम्भावित कार्यसूची छन्। बैठकमा प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी बैठकमा गराइनेछ ।
बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची पनि तय गरिएको । त्यस्तै जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने सूची छ ।
त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्न कार्यतालिका छ। मुख्यमन्त्री अचार्यले सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ ।
Facebook Comments

