तराईका केही स्थानमा असिना सहित मध्यम वर्षा र पहाडी एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसाे देशको हिमाली भू-भागमा अधिकांश बादल, पहाडी  भू-भागमा साधारणतया बादल र तराई भू-भागमा  आंशिक बादल लाग्ने संभावना छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन,अचट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ। 

शुक्रबार राती मुलुकको हिमाली भू-भागमा अधिकांश बादल तथा कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा  साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

Facebook Comments