एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरील शनिबार बिहानै दुवै जनालाई जेनजी आन्दाेलनकाे विषयमा अनुसन्धान गर्नका लागि पक्राउ गरिएकाे हाे ।

ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

त्यस्तै लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरेकाे हाे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवै जना प्रहरी नियन्त्रणमा रहेकाे जनाएकाे छ ।

Facebook Comments