अध्यक्ष ओली पक्राउकाे विराेधमा एमालेकाे प्रदर्शन

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले देशका अधिकांश जिल्लामा विराेध प्रदर्शन गरेकाे छ ।

पार्टीका जनवर्गीय संगठनका तर्फबाट काठमाडाै, पाेखरा, बुटवल, सुर्खेत विराटनगर लगायतका स्थानमा एमालेका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । 

काठमाडाैंकाे माइतीघरमा भएकाे विराेध प्रर्दशनका क्रममा प्रहरीसँग झडप समेत भएकाे थियाे । केही प्रर्दशनकारी सिंहदरबारकाे दक्षिणी गेटतर्फ प्रर्दशन गर्न लागेपछि प्रहरीले लाठीचार्ज गरेकाे थियाे ।

गाैरीबहादुर कार्की आयाेगकाे प्रतिवेदन समेत एमाले कार्यकर्ताले जलाएका छन् ।

Facebook Comments