ओली र लेखक पक्राउः एमाले सडकमा, कांग्रेसकाे विराेध, नेकपा नरम
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले कानुनी, राजनीतिक र संसद तिनवटै माेर्चाबाट विराेध गर्ने जनाएकाे छ। देशैभर एमालेका कार्यकर्ता सडक प्रर्दशनमा उत्रिसकेका छन् ।
नेपाली नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुन: द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गरेकाे छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले पाँच बुँदे धारणा सार्वजनिक गर्दै सरकार उत्तेजनामा आउन नहुने बताउनुभयाे ।
‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजन लगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ,’ वक्तव्यमा भनिएको, ‘हामी प्रष्ट गर्न चाहान्छौँ– भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ ।’
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमबाट द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने बताएको छ ।
केन्द्रीय कार्यालयका तर्फबाट विज्ञप्ति निकालेर नेकपाले यस्तो बताएको हो ।
नेपाली कांग्रेसकाे देउवा समूहले भने राजनीतिक प्रतिशाेध साँधेर पार्टी नेता रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पक्राउ गरिएकाे ठहर गरेकाे छ ।



