माैसमः तराई भू-भागका हुस्सु/कुहिरो लाग्ने, पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात एवं वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । केही स्थानमा परेकाे हिमपात एवं वर्षाका कारण चिसाे बढेकाे छ भने जनजीवन प्रभावित बनेकाे छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहने जनाएकाे छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने उल्लेख गरेकाे छ। 

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज राती पनि तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश लागायत  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

त्यस्तै  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments