मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।
प्रहरीका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।
दाङबाट काठमाडौंतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस आज बिहान करिब ३ः १० बजे घुमाउने भन्ने स्थानमा सडकमै पल्टिएको थियो ।
बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ ।
Facebook Comments

