राष्ट्रपतिद्वारा संसद्को दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेकाे थियाे ।
सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।
गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो ।
Facebook Comments

