विश्व कप २०२६ः ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
फुटबलकाे महासंग्राम मानिने विश्वकप २०२६ मा ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश गरेका छन् ।
टाेली पाँच पटकको च्याम्पियन ब्राजिलले साेमबार भएकाे खेलमा जाापनलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकाे हाे ।

वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्टिनेलीले अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गरे ।
पाँच पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै जित हात पारेको हो ।
ब्राजिलले अब आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै चारपटककाे च्याम्पियन जर्मनी भने विश्वकपबाट बाहिरिएकाे छ ।
अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाारग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो ।
चार पटकको विजेता जर्मनीलाई पेनाल्टीसुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक् समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो । जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।
पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टीसुटआउटमा पराजित भएको यो पहिलो पटक हो ।


