माैसमः पश्चिमी वायूको आंशिक प्रभाव
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले यतिबेला तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको उल्लेख गरेकाे छ । त्यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएकाे छ । कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

Facebook Comments

