गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ

प्रहरीले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पाेशाकमा खटिएकाे प्रहरी टाेलीले मनाङेलाइ पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट पक्राउ गरेकाे हाे ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको जानकारी दिदैं अनुसन्धान अगाडि बढेकाे बताउनुभयाे ।

मनाङेले बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा मत खसालेका थिए । मत खसालेर लेकसाइडको होटलतर्फ लागेका राजीवलाई प्रहरीले होटबाटै पक्राउ गरेको हो ।

अाफूमाथि मनाङेले मंगलबार कुटपिट गरेकाले कानुनी कार्वाही गरिपाउँ भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले किटानी जाहेरी दिनुभएकाे थियाे ।

साेही जाहेरीका अाधारमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पक्राउकाे अनुमति लिइ प्रहरीले पक्राउ गरेकाे हाे ।

Facebook Comments