थप ३ हजार ७४९ मा काेराेना संक्रमण

कोरोना भाइरसका तीन हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको हाे।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार २ सय ९३ छ। मन्त्रालयका अनुसार बिहीबार मात्रै ५९ जनाको निधन भएको छ।

Facebook Comments