सार्वजनिक सम्पदा ठेक्कामा लगाउने पोखरा महानगरकाे याेजनामा उच्च अदालतकाे ‘ब्रेक’

पोखराका सार्वजनिक सम्पदा ४० वर्षसम्मका लागि ठेक्कामा दिने योजनालाई उच्च अदालत पोखराकाे आदेशले तत्कालका लागि ब्रेक लाग्ने भएकाे छ ।

सम्पदा लामाे समय ठेक्कमा लगाउने पाेखरा महानगरपालिकाकाे याेजना उच्च अदालतकाे अन्तरिम आदेशले तत्कालका लागि राेकिने भएकाे हाे ।

अन्तरिम आदेशसँगै पोखरा महानगरपालिकाले ठेक्कामा लगाइसकेको फेवा सिल्टेसन ड्याम, ठेक्कामा दिन सम्झौता गरिसकेको सेती खोंच, पातले छाँगो र प्रक्रियामा रहेका रामघाट र मोरे खहरेको योजना तत्काल अगाडि बढ्न पाउनेछैनन् ।

महानगरपालिकाले सेती खोंच, पातले छाँगो साहसिक पर्यटन पूर्वाधार निर्माण गरेर ४० वर्षसम्म सञ्चालन गर्न दिन निजी कम्पनी सेती क्यान्योनसँग प्रारम्भिक सम्झौता गरेको थियो । जसकाे नागरिकस्तरमा विराेध भएकाे थियाे ।

Facebook Comments