अफगानिस्तानमा अमेरिकी सेनाद्वारा आइएस विरूद्ध ड्रोन आक्रमण
अमेरिकी सेनाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस)का लडाकू लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ ।
ड्रोन आक्रमणमा आइएसका एक सदस्य मारिएको अमेरिकी सैनिक अधिकारीकाे दावी छ । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा भएको आक्रमणका योजनाकार रहेको पनि अमेरिकी सेनाकाे दाबी छ । काबुल विमानस्थलमा बिहीबार भएकाे आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको ज्यान गएकाे थियाे ।
नान्गहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहलाई निशाना बनाइएको थियाे । काबुल विमानस्थलको गेटमा बिहीबार भएको आत्मघाती बम आक्रमणको जिम्मा साेही समूहले लिएको थियो ।
यसैबिच काबुलस्थित अमेरिकी दूतावासले सुरक्षा सचेतना जारी गर्दै काबुल विमानस्थलको गेट आसपासमा रहेका आफ्ना नागरिकसहितलाई तत्काल सुरक्षित स्थानमा जान भनेको छ । पुनः आतंकवादी आक्रमण हुन सक्ने सूचना अमेरिका लगायत विभिन्न देशले दिएका छन् ।

