अमेरिकाले ठूला सैनिक अपरेशन नगर्ने !

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका अन्य मुलकका लागि अमेरिकाले ठूला सैनिक अपरेशन नगर्ने बताउनुभएकाे छ ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएपछि बाइडेनले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे । २० वर्ष लामो युद्धको अन्त्य गर्दै सोमबार अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएकाे हाे ।

मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तान मात्र नभइ विश्वका अन्य मुलुक निर्माणमा अमेरिकी सेना प्रयाेगकाे युगको अन्त्य भएको बताउनुभयाे ।

बाइडेले अन्य मुलुककाे हितका लागि अब अमेरिकाले ठूला सैनिक अपरेशन गर्ने युगको अन्त्य भएकाे घाेषणा गर्नुभयाे ।

अफगानिस्तानबाट अमेरिकी र अफगान नागरिकको उद्धार प्रक्रियालाई अस्तव्यस्त हुनु अस्वभाविक नभएकाे बाइडेनकाे तर्क थियाे ।

अफगानिस्तान फेरि तालिबानको कब्जामा आउनुमा आफूभन्दा पनि अरू दोषी रहेको उल्लेख गर्नुभयाे ।

तस्वीरः अमेरिकी राष्ट्रपति कार्यालय

Facebook Comments