हैटीका राष्ट्रिपतिकाे हत्यामा त्यहाँका प्रधामन्त्रीमाथि पनि शंका !
२ महिना अगाडि क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्या भएकाे घटनाकाे अनुसन्धानका क्रममा त्यहाँका प्रधानमन्त्री समेत दाेषी हुन सक्ने शंका गरिएकाे छ ।
राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले शंकाको सुई प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएको जानकारी त्यहाँकाे न्याधीशलाई दिएका छन् ।
साे घटनाकाे अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताले एकजना न्यायाधीशलाई प्रधानमन्त्री हेनरीलाई राष्ट्रपतिको हत्यामा संलग्न भएको अपराधमा मुद्दा चलाउन चिठी लेखेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
हैटीको अध्यागमन कार्यालयलाई लेखिएकाे पत्रमा समेत प्रधानमन्त्री हेनरीलाई देश छोड्न नदिन भनिएको छ। ७१ वर्षीय न्युरोसर्जन हेनरी राष्ट्रपति मोइसेको हत्या भएको दुई सातापछि हैटीको प्रधानमन्त्री बन्नुभएकाे थियाे।
अनुसन्धानमा संलग्न अधिकारीहरूले हेनरी र राष्ट्रपतिकाे हत्यामा संलग्न एक ठानिएकाे एक अभियुक्तवीच फाेन संवाद भएकाे पाइएकाे बताएका छन् ।
मोइसेको हत्या कसले गरेको भन्ने कुरा पत्ता लागिसकेकाे छैन, विदेशी सहित २ दर्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ ।

