सरकारले बाढी पहिराेबाट मृत्यु हुनेकाे परिवारलाई २ लाख दिने
सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई प्रति मृतक २ लाख रुपैयाँ राहत दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको हाे ।
पछिल्लो ४ दिनयताको वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभर ५२ जनाको मृत्यु भएको विवरण प्राप्त भएकाे गृहमन्त्रालयले जनाएकाे छ ।
यसैवीच बासस्थान गुमाएका परिवारलाई तत्कालका लागि ५० हजारका दरले राहत दिने निर्णय सरकारल गरेकाे छ ।
सरकारले गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
Facebook Comments

