अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह
सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै विदेश भ्रमण अत्यावश्यक नभइ नगर्न अनुराेध गरेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा बुधबार जारी विज्ञप्तिमा ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरिएकाे छ।
हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डा. अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताउनुभयाे ।
हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

Facebook Comments

