गगन थापाद्वारा महामन्त्रीकाे उम्मेदवार बन्ने घाेषणा

नेपाली कांग्रेसका नेता गगन थापाले आफू महामन्त्री पद उम्मेदवार बन्ने घाेषणा गर्नुभएकाे छ । कांग्रेसकाे शुक्रबारदेखि हुन लागेकाे १४ औं महाधिवेशनमा थापाले महामन्त्री पदमा उम्मेदवारी दिन लाग्नुभएकाे हाे ।

साथै थापाले महामन्त्रीका लागि मात्र नभई सभापति पदमा समेत भोट माग्ने बताउनुभयाे । महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै थापाले आजसम्म आफ्नो पक्षकाे सभापतिको उम्मेदवार नटुंगिए पनि मत हाल्ने दिनसम्म भएपनि सभापतिका लागि पनि भोट माग्ने उल्लेख गर्नुभयाे ।

महामन्त्रीका उम्मेदवारको हैसियतले आफूले प्रस्तुत गरेको राजनीतिक कार्यदिशा कार्यान्वयन गर्न पनि मूल नेतृत्व राम्रो हुनुपर्ने थापाकाे भनाइ छ । पार्टीको मूल नेतृत्व भनेको फेरि पनि सभापति भएकाले त्यसलाइ ध्यान दिएर मत दिन उहाँले महाधिवेशन प्रतिनिधिसँग आग्रह समेत गर्नुभयाे ।

जनतालाई रुख चिह्नमा मत हालौं हालौं लाग्ने बनाउने तथा कांग्रेसले अवका निर्वाचनमा शानदार ढंगले चुनाव जितेर आउने अवस्थामा पुर्याउने उहाँकाे भनाइ छ ।

थापाले आफू महामन्त्री निर्वाचित भएपछि यसअघिजस्तै आफूले सडक, संसद र सरकारमा रहँदा कांग्रेस कार्यकर्ताको शीर झुक्नुपर्ने काम नगर्ने जिकीर गर्नुभयाे ।

Facebook Comments