विचार र सिद्धान्तमा माओवादी केन्द्र नै अब्बलः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार र सिद्धान्त हिसाबले माओवादी केन्द्र अब्बल रहेकाे बताउनुभएकाे छ । उहाँले नेकपा एमाले र नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नेतृत्वका लागि मात्र भीड जम्मा गर्ने थलो बनेकाे टिप्पणी गर्नुभयाे ।

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले एमाले र कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको बताउनुभयाे । उहाँले विचार र सिद्धान्त हिसाबले माओवादी केन्द्र अब्बल रहेकाे बताउनुभयाे ।

प्रचण्डले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको भन्दै स्पष्ट विचार संश्लेषणका लागि डकुमेन्ट लेख्दै रहेकाे बताउनुभयाे । । आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने उहाँको भनाइ छ ।

माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै प्रचण्डले अव स्पष्टताका साथ अगाडि बढ्ने बताउनुभयाे ।

Facebook Comments