कम्तीमा ६० प्रतिशत भाेट ल्याउनुपर्छः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबका चुनावमा कम्तीमा ६० प्रतिशत भाेट ल्याउनुपर्ने बताउनुभयाे । साथै पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने अध्यक्ष ओलीकाे भनाइ थियाे ।
आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थायी कमिटी तथा पोलिटव्यूरो गठन मन नपरेको भए पनि मान्नैपर्ने बताउनुभयाे । पार्टीको केन्द्रीय कमिटी सर्वोच्च संस्था भएको भन्दै उहाँले जिम्मेवारी पाउने ठाउँ थुप्रै भएकाले भविश्यमा मिल्ने भन्दै प्रस्तावित नाममा विमति नराख्न अध्यक्ष ओलीकाे आग्रह थियाे ।
चुनावकाे तयारी स्वरूप जिल्ला र प्रदेश अधिवेशनमा व्यापक जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम गर्न ओलीकाे निर्देशन थियाे ।
Facebook Comments

