मुलुकलाई ओलीमुक्त बनाउनुछः प्रम देउवा
प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले मुलुकलाई कस्युनिस्ट शासनबाट मुक्त गर्नुपर्ने बताउनुभएकाे छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उहाँले खासगरी मुलुकलाई ओलीमुक्त बनाउन पनि आफू सभापति बन्नुपर्ने बताउनुभयाे ।
देउवाले आफू सभापतिमा निर्वाचित भएमा आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस नेतृत्वमा सरकार बनाउने दाबी समेत गर्नुभयाे ।
अब निर्वाचनपछि फेरि केन्द्र, प्रदेश, स्थानीय तहमा सरकार बनाएर कांग्रेसलाई पुरानै अवस्थामा ल्याउनका लागि सभापतिमा मलाई र मेरो टिमलाई जिताउनुस् देउवाकाे आग्रह थियाे ।
Facebook Comments

