माओवादी केन्द्रको प्रदेश कमिटीको नेतृत्वमा नयाँ अनुहार, गण्डकीमा गायत्री गुरूङ सर्वसम्मत अध्यक्ष चयन
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटीको नेतृत्वमा नयाँ अनुहार आएका छन् । उपत्यका विशेष प्रदेश कमिटीमा जगत सिंखडा, सम्पर्क समन्वय प्रदेश कमिटीमा श्रीकृष्ण अधिकारी अध्यक्ष चयन हुनुभएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा गायत्री गुरूङ (कुसुम) अध्यक्षमा चयन हुनुभएको छ । सोमबार विहानमात्रै गायत्री गुरूङ (कुसुम)को नाममा सर्वसहमति भएको माओवादी केन्द्र गण्डकी प्रदेशले जनाएको छ ।
गुरूङको नेतृत्वमा २ सय १ सदस्यीय प्रदेश कमिटी चयन गरेको माओवादी केन्द्रले अन्य पदाधिकारी र २८ प्रदेश कमिटी सदस्य भने प्रदेश कमिटीको बैठकबाटै गर्ने तयारीमा लागेको छ ।
नवनिर्वाचित समितिमा, २०% युवा ३५% महिला १९% दलित ५% मुस्लिम र प्रदेशमा हुनुभएका सबै सीमान्तकृत समुदाय समेटिएको माओवादीले केन्द्रले जनाएको छ।
Facebook Comments

