प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीवीच बालकोटमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएकाे छ ।

ओलीलाई बालकोटस्थित निवासमै पुगेर प्रधानमन्त्री देउवाले भेट गर्नुभएकाे हाे । भेटका क्रममा संसद बैठकमा एमालेले गरेकाे अवराेध तथा एमसिसीका बिषयमा संवाद भएकाे थियाे ।

एमालेले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पग्नुभएकाे हाे । यसअघि सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल(प्रचण्ड)ले पनि बालकाेट नै गएर भएपनि ओलीसंग भेट्नुपर्ने प्रस्ताव राख्नुभएकाे थियाे ।

यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ‌ओलीसँग छलफल गरेपनि साे संवाद सकारात्मक हुन सकेन ।

एमालेले माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएको छ ।

एमालेले समाजवादी पार्टीका सांसदमाथि एमालेले गरेकाे कार्वाही सदर हुनुपर्ने जिकीर गर्दै आएको छ ।

Facebook Comments