थप ९४४ जनामा काेराेना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौंमा ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ६२ पीसीअर परीक्षणमा ६ सय ९६ र ३५०२ एन्टिजेन परीक्षणमा २ सय ४८ जना गरी ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ४० पुगेको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार २ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments