थप १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना हुने बढे
मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभरमा १२ हजार ६ सय ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये धेरै काठमाडौं उपत्यकाका रहेका छन् ।
जसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । यसैवीच कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अस्पतालमा समेत चाप बढेको छ ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले देशैभरका अस्पतालमा बिरामीको संख्या बढेको जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले सबै अस्पतालहरुमा एक हप्ता अगाडिभन्दा दोब्बर संख्यामा बिरामीहरु भर्ना भएकाे जानकारी दिनुभयाे ।

