काेराेना कहरः रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारकाे ३६ बुँदे आदेश

कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सरकारले रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारकाे ३६ बुँदे आदेश जारी गरेकाे छ ।

आदेशमा सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाइएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयाे ।

आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले कोभिड रोकथाम र नियन्त्रण गर्न माघ १५ गतेसम्म रोक लगाइएको बताउनुभयाे । 

सरकारले मठ मन्दिर, गुम्बालगायतका धार्मिक स्थलहरूमा माघ मसान्तसम्म नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ ।

सरकारले जारी गरेको ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै माघ मसान्तसम्म नित्यपूजा/ध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार एक पटकमा बढीमा २५ जनाले मात्र कुनै पनि स्थानमा प्रवेश पाउँछन्। साथै पार्टी प्यालेसहरुमा प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सकिनेछ । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउने आदेशमा उल्लेख छ।

यस्तै विद्यालय, विश्वविद्यालय, तालिम, कलेज ट्यूसन सेन्टरलगायत अन्य प्रकारका शैक्षिक क्रियाकलाप गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगर्ने, भर्चुअलबाट मात्र गराउने निर्णय गरेको छ।

यस्तै विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा सबै किसिमका परीक्षा जनस्वास्थ्य पालना गरेर गराउने सरकारले निर्णय गरेको छ।

रंगशालामा कुल क्षमताको एक तिहाई मात्र उपस्थित हुने गरि जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरि सञ्चालन गर्नुपर्ने आदेशमा उल्लेख छ ।

Facebook Comments