थप ११ हजार ३ सय ५२ जनामा काेराेना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । याे नेपालमा काेराेना महामारी शुरूभएपछि एकैदिन संक्रमित हुनेमध्ये सबभन्दा धेरै संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५ सय २ तथा ५ हजार ३ सय ३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले संक्रमित मध्ये ६ हजार ३ सय ४३ जना काठमाडौं उपत्यकाकाे रहेका जनाएकाे छ ।
त्यस्तै पछिल्लाे २४ घण्टामा ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । मन्त्रालयले हाल देशभरमा ४७ हजार ९ सय २९ जना संक्रिय संक्रमित रहेकाे जनाएकाे छ ।
Facebook Comments

