नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभरमा १७ हजार ४ सय ३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३ सय ७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाृे छ ।

हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् । सरकारले काेराेना संक्रमण बढेकाे भन्दै काठमाण्डाै उपत्यकामा जाेर विजाेर प्रणाली लागू गरेकाे छ ।

Facebook Comments