थप १० हजार ३ सय १९ जनामा काेराेना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ । याे अवधिमा ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार देशभर २१ हजार २ सय १ नमुना परीक्षण गर्दा उक्त संख्यमा संक्रमित थपिएका हुन् ।
१६ हजार ६ सय ५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५ सय ४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६ सय २६ पुगेको छ ।
हालसम्म नेपालमा काेराेना संक्रमणका कारणा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५९ पुगेको छ भने ८ लाख २४ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितमध्ये ८० हजार ७ सय ७९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७ सय ७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये गम्भीर अवस्थाका २ सय ३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
१ सय भन्दा बढी संक्रमण पुष्टी भएका जिल्लाहरू
काठमाण्डाै उपत्यकाः ४ हजार ६ सय ७६
चितवनः ७सय ९०
कास्कीः ३ सय ४३
झापाः २ सय ५
सुनसरीः १ सय ९७
रुपन्देहीः १ सय ७१
मोरङः १ सय ४६
नवलपरासी पूर्वः १ सय ३७
मकवानपुरः १ सय २१
काभ्रेपलाञ्चोकः १ सय २
यस्तै तनहुँमा ८७, बागलुङ र दाङमा ७३/७३ जना, नुवाकोटमा ७०, कञ्चनपुरमा ५५, धनुषामा ५४, बाँकेमा ४६, सिरहामा ३८, पर्सामा ३७, बारामा ३६, गोरखामा ३५, बैतडीमा ३२, सिन्धुलीमा २९, सिन्धुपाल्चोकमा २८,पाल्पामा २७, धादिङमा २५, लमजुङमा २४, दोलखामा २३, महोत्तरी, सर्लाही र डडेल्धुरामा २२/२२ जना तथा सप्तरीमा २० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

