१२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । याे अवधिमा आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार १८ हजार १ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४ सय ३२ र ७हजार ८ सय ६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ४० जना संक्रमणमुक्त भएकाे उल्लेख गरेकाे छ । त्यस्तै हाल देशभरमा ८८ हजार ९ सय ३४ सक्रिय संक्रमित छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६ सय ३४ पुगेको छ । मंगलबार थप आठजनासहित मृत्‍यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ भने ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाका गम्भीर बिरामीमध्ये २ सय ४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् । पछिल्ला दिनमा काेराेना संक्रमण बढेकाे भन्दै सरकारले सवारी साधानमा जाेर विजाेर प्रणाली लागू गरेकाे छ ।

त्यस्तै काेराेनाका कारण सार्वजनिक सेवा समेत प्रभावित बनेकाे छ ।

Facebook Comments