थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याे अवधिमा ८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ७२ जना र ५ हजार ७ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय २० जना गरी कुल ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ८ हजार १९१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ९०.५ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार हालसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७४३ पुगेको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २७२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments

