जेठ ४ मा स्थानीय निर्वाचन गर्ने सरकारकाे तयारी, १२ अर्ब खर्च लाग्ने अनुमान

सरकारले २०७९काे जेठ ४ मा स्थानीय तह निर्वाचनका लागि मिति ताेक्ने भन्दै तयारीमा लाग्न निर्वाचन आयोग अनुराेध गरेकाे छ । निर्वाचन आयोगले भने स्थानीय तहकाे निर्वाचनका लागि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेकाे छ ।

निर्वाचन आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्शकाे क्रममा स्थानीय चुनावका लागि १२ अर्ब खर्च हुने विवरण पेश गरेको हाे।

सरकारले जेठ ४ मा स्थानीय तह निर्वाचन एकै चरणमा गर्ने तयारी गरेको छ। प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरूसँग छलफल गर्दा एकै चरणमा जेठ ४ मा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गर्नुभएकाे थियाे ।

प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएकै मितिमा निर्वाचन गर्न आयोग तयार रहेकाे पदाधिकारीले बताएका थिए । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदबाट स्थानीय चुनावको मिति ताेक्ने बताउनुभएकाे थियाे ।

Facebook Comments