थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लाे २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्य भएको हाे । याे एकैदिन मृत्यु हुने मध्ये पछिल्लाे समयकाे धेरै हाे ।
मन्त्रालयका अनुसार ६ हजार ४ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय ५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४ सय ३२ जना गरी कुल ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९१ हजार ८ सय ८८ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ पुगेको छ भने ८ लाख ७८ हजार ७ सय २० जना संक्रमणमुक्त भएका छन् ।
पछिल्ला दिनमा शिक्षण संस्था बन्द छन् भने २० जनाभन्दा बढी जम्मा हुनका लागि सरकारले राेक लगाएकाे छ ।

