कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक माघ २७ गते बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते बस्ने भएकाे छ । कांग्रेसकाे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताइएकाे छ।
बैठक माघ २७ गते दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे छलफल हुने बताइएको छ। यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा छ ।
Facebook Comments

