नेपाली कांग्रेसले गण्डकी प्रदेश कार्यालय स्थापना गर्ने
नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । आईतबार प्रदेश कार्यालय उद्घाटन हुने भएको छ ।
पोखरा महानगर पालिका–३ तेर्सापट्टी, गिरिजाचोकमा रहेको कार्यालयको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वरिष्ठ नेता पौडेलसँगै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जिवन परियार, नेता गोपलामान श्रष्ठ नेता डा.शशांक कोइरालाको पनि सहभागिता रहने नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो ।
‘उहाँहरुसँगै गण्डकी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सवै नेताहरुलाई खवर गरेका छौं’ सभापति शर्माले भन्नुभयो,‘ गण्डकी प्रदेशका नेताहरुको सहभागितामा कार्यालयको विधिवतरुपमा उद्घाटन गर्ने छौं ।’
गण्डकी प्रदेशका गतिविधिलाई चुस्त वनाउन दुइ वर्षका लागि सम्झौता गरी तेर्सापट्टीमा रहेको घर भाडामा लिई कार्यालय स्थापना गरेको शर्माले जानकारी दिनुभयो ।
‘संगठनलाई मजवुद वनाउँदै आगामि निर्वाचनमा गण्डकी प्रदेशमा काँग्रेसलाई विजयी गराउँनका लागि कार्यालय स्थापना गरेर काम अगाडि बढाउँने छौं’ शर्माले भन्नुभयोे,‘ तत्काल भाडमा कार्यालय सञ्चालन गरेपनि आफ्नो कार्यकालमा स्थायीरुपमै कार्यालय स्थापना गरेर छाड्ने छौं ।’
सो कार्यक्रममा सहिद क्या. यज्ञबहादुर थापाको जिवनीमा लेखिएको पुस्तक पनि विमोचन गरिने भएको छ ।

