एमसिसी चुनावपछिमात्र संसदबाट अघि बढाउन प्रचण्डकाे प्रस्ताव
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउन प्रस्ताव गर्नुभएकाे छ । साथै उहाँले एमसिसी पास गर्नका लागि एमालेसँग सहयाेग माग्नुभएकाे छ ।
साे छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भने आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव गर्नुभएकाे थियाे ।
आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रचण्डले प्रतिपक्षी दलको समेत सहमतिमा चुनावपछि एमसिसी अघि बढाउँछौं भनेर एमसिसीलाई भन्नुपर्ने प्रस्ताव राख्नुभएकाे थियाे ।
एमालेले भने एमसिसीकाे बिषयमा सत्ता गठबन्धनका दृष्टिकाेण प्रष्ट भएपछि मात्र निर्णय लिने एमाले अध्यक्ष ओलीकाे जवाफ थियाे ।
Facebook Comments

