थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६ सय ९२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
मन्त्रालयले ८ हजार ५ सय ८७ पिसिआर परीक्षणबाट १ हजार १ सय ८४ र ४ हजार १ सय ५ एन्टिजेन परीक्षणबाट ७ सय ७३ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ ।
पछिल्लो २४ घन्टामा ५ हजार १ सय ३ जनामा कोरोना संक्रमित निको भएका भन् भने ११ जना कोरोना संक्रमितकाे निधन भएकाे छ । मन्त्रालयले हाल देशभर ३६ हजार १ सय ८१ जना कोरोनाका सक्रिय संक्रमित रहेकाे जनाएकाे छ ।
Facebook Comments

