प्रतिनिधि सभाको बैठक: हाेला त एमसीसी टेबल
संघीय संसद अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बुधबार दिउसाे १ बजे बस्ने बैठकमा सर्वाधिक चासाेकाे बिषय एमसीसी बनेकाे छ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
सरकारले बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्नका लागि जाेडबल गरिरहेकाे छ ।
सत्ता साझेदार दलहरूवीच नै एमसीसीका बिषयमा मतभेद रहेकाे छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी तत्काल संसदबाट अनुमाेदन गर्न हतारिएकाे छ । तर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसीसी परिमार्जनपछि मात्र संसदीय प्रक्रियमा जानुपर्ने पक्षमा छन् ।
यद्यपि एमसीसी टेबल गर्न दिने र संसदमा अनुपस्थित भएर एमसीसीकाे बिषय टुंगाे लगाउने सम्बन्धमा नेताहरूवीच सहमति बनेकाे बताइन्छ ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय समावेश गरिएकाे छैन ।
संसद बैठकको अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची हेरफेर गर्न सक्नेछ ।

