राष्ट्रसंघमा छलफल हुँदै गर्दा रूसद्वारा युक्रेनमाथि सैन्य कारवाहीकाे घाेषणा

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमाथि ‘सैन्य कारबाही’ घोषणा गर्नुभएकाे छ । पुटिनले एउटा टेलिभिजन सम्बोधनमा सैन्य कारवाहीकाे घाेषणा गर्नुभएकाे हाे ।

युक्रेनकाे संकटबारे राष्ट्रसंघमा छलफल भइरहेकाे छ । युक्रेनका विदेशमन्त्रीले राष्ट्रसंघकाे बैठकमा शान्ति चाहेकाे, राजनीतिक तथा कुटनीतिक वार्ताका माध्यमबाट संकटकाे समाधानका लागि तत्पर रहेकाे बताउँदै रूसका राष्ट्रपति त्यसका लागि तयार नभएकाे उल्लेख गर्नुभएकाे थियाे ।

यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गर्नुभएकाे थियाे ।

युराेपियन मुलुक र अमेरिका युक्रेनमाथि रूसले गरेकाे कारवाहीकाे विपक्षमा रहेका छन् । अमेरिकी राष्ट्रपति जाे बाइडेनले रूसले युक्रेनमाथि शुरू गरेकाे सैन्य हमलाकाे मुल्य चुकाउनुपर्ने टिप्पणी गर्नुभएकाे छ ।

Facebook Comments