एमाले अध्यक्ष केपी शर्मा ओली पाेखरा जाने
पार्टीकाे गण्डकी प्रदेशले गर्न लागेकाे कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जान लाग्नुभएकाे छ ।
पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज बिहान साढे १० बजे पोखरा जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ।
पोखरामा हुने कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली आजै काठमाडौ फर्किने कार्यक्रम रहेकाे छ। विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्न लागेकालाई स्वागत गर्न अध्यक्ष ओली आफैं कार्यक्रममा सहभागी हुन लाग्नुभएकाे हाे ।
स्थानीय तहकाे निर्वाचन घाेषणा भएसँगै पार्टी परिवर्तन गर्ने क्रम बढेकाे छ ।
Facebook Comments

