क्यालिब्रेसन फ्लाइटका कारण उडान प्रभावित हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने भएकाले नियमित उडानहरू प्रभावित हुने भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले क्यालिब्रेसन फ्लाइट हुने अवधिका लागि ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरुलाई आकाशमा होल्ड गरिएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।

यस्तो उडानबाट रेडियो उपकरण तथा धावनमार्गमा जडित लाइट तथा अन्य उपकरणले काम गरे/नगरेको परीक्षण हुन्छ । अन्य विमानस्थलहरूमा समेत क्यालिब्रेसन फ्लाइट गरेर परीक्षण गर्ने नागरिक उड्डयन प्राधिकरणकाे तयारी छ ।

Facebook Comments