स्थानीय तहको निर्वाचनः वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्नुपर्ने

स्थानीय तहको निर्वाचनको तयारी तीव्र छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ। वैशाख ३० गतेका लागि स्थानीय तहकाे निर्वाचन ताेकिएकाे छ ।

उक्त निर्वाचनको लागि आयोगले दुई दिन उम्मेदवारी दर्ता गर्न समय छुट्याएको हो। 

आयोगले दिएकाे जानकारी अनुसार १२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको दावी विरोधकाे सूचना दिने समय दिइएकाे छ ।

आयोगले उम्मेदवारको अन्तिम नामावली १६ गते प्रकाशन गर्ने कार्यतालिका तय गरेकाे छ । १७ गते उम्मेदवारलाइ चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएकाे छ । यसअघि बिहीबार मात्रै स्थानीय तह निर्वाचनका लागि आचारसंहिता राजपत्रमा प्रकाशित भएकाे छ ।  

Facebook Comments