कास्की लिगः डिफेण्डिङ च्याम्पियनमाथी नव आदर्शको सँघर्षपूर्ण जित

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा शिर्ष स्थानमा रहेको नव आदर्श क्लब लामाचौरले सँघर्षपूर्ण जित निकालेको छ ।

दोस्रो चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा आज भएको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन आदर्श युवा क्लब भण्डारढिकलाई नव आदर्शले २–१ गोल अन्तरले पराजित गरेको हो ।


त्यसैगरी दास्रो खेलमा भदौरे क्लबले डेभिजफललाई २–१ गोल अन्तरले पराजित गरेको छ । अर्काे खेलमा एपेक्स क्लबको अनुपस्थितिमा ड्यामसाईड क्लबले वाकओभर मार्फत विजयी बन्दै ३ अंक बटुलेको छ । भने एपेक्सले दुई खेलमा कुनै पनि अंक बटुल्न सकेको छैन ।

रङ्गशाला स्थित वैकल्पिक खेल मैदानमा भएको अन्तिम खेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्र र एलजी एशोसियसन बिच भएको खेल गोलरहित बराबरीमा सकिएको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिनुभयाे

पोखरा महागरपालिका २५ हेम्जा स्थित गौरीशंकर खेलमैदानमा भएको पहिलो खेलमा हेम्जा युनाईटेडले पोखरा युनाईटेड क्लबलाई ३–० गोल अन्तरले पराजिगत गर्याे ।

त्यसैगरी अर्काे खेलमा शितलज्योती क्लबले लेकसाईड क्लबको अनुपस्थितिमा वाकओभर मार्फत शितलज्योती क्लब विजयी बनेको छ । उक्त जितसँगै शितलज्योती क्लबको अंक ६ भएको छ । भने लेकसाईडले दुई खेलबाट कुनै पनि अंक जोडेको छैन ।
अन्तिम खेलमा गार्डेन एफसीले भ्याली स्पोर्टस् क्लबलाई २–१ गोल अन्तरले पराजित गर्याे । एन्फा कास्कीका अनुसार प्रतियोगितामा अब कुल ४१ खेल बाँकी रहेकोे छ ।

Facebook Comments