विकासका लागि स्थानीय तहमा माओवादीले चुनाव जित्नुपर्छः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र पोखरा ९ मा सम्पर्क कार्यालयको उद्घाटन

नेकपा माओवादी केन्द्रका नेताहरूले विकास निर्माणका लागि स्थानीय तहकाे निर्वाचनमा आफ्नाे पार्टीले जित्नुपर्ने बताएका छन् । विगतमा अन्य दलले जित्दा विकास निर्माण हुन नसकेकाे तथा ५ वर्ष खेर गएकाे साे पार्टीका नेताहकाे जिकीर छ ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर वडानं ९को सम्पर्क कार्यालय उदघाटनका अवसरमा नेताहरूले यस्ताे दावी गरेका हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकाजी गुरुड (करण) र केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज दीपक कोइराला (रुपक)ले संयुक्तरुपमा कार्यालयको उदघाटन गर्दै जनताकाे हित गर्ने पार्टी माओवादी केन्द्र भएकाे बताउनुभयाे ।

प्रमुख अतिथि करणले स्थानीय तहको निर्वाचनमा पोखरामा माओवादीले चुनाव नजितेकोले विकासमा पछि परेको बताउनुभयो । पोखराको विकासको लागि पाँच बर्ष खेर गएको भन्दै नेता करणले यसपटकको निर्बाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनतासंग अपिल गर्नुभयो ।

भुमिहिन सुकुम्बासीको समस्या नबुझ्नेले चुनाव जितेकोले पोखरामा लालपुर्जा वितरण हुन नसकेको बताउनुभयो । माओवादी केन्द्रका केन्दीय सदस्य तथा पोखरा महानगर इन्चार्ज दीपक कोइराला (रुपक)ले जनताले पोखरा महानगरमा पहिले गरेको गल्ती अहिले नगर्ने बताउनु भयो ।

माओवादीले जितेका पालिकामा भुमिहिनले लालपुर्जा प्राप्त गरेको बताउनु भयो । देशलाई १८ घण्टा अन्धकारमा राख्नेहरुसंग नेपाली जनताले विकासको आस नगरेकोले विकासको निम्ति माओवादी केन्द्रलाई जिताउनु पर्ने बताउनुभयो ।

पोखारा महानगरकमिटीका उपाध्यक्ष हर्कमान विश्वकर्माले पोखरा महानगरले भुमि आयोग संग सम्झौता नगर्दा पोखराका भुमिहिन आफ्नो अधिकारबाट बञ्चित हुन परेको बताउनुभयो ।

आफ्नो अधिकारको लागि माओवादी केन्द्र निकट सुकुम्बासीहरुले आन्दोलन गरेर महानगर घेराउ समेत गर्नुपरेको स्मरण गर्नु भयो । कार्यक्रम माओबादी केन्द्रका वडानं ९का अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षतामा भएको थियो

Facebook Comments