स्थानीय तह निर्वाचनः ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाइयाे
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनकाे तयारी तीव्र बनाएकाे छ । आयोगले तयारीकै क्रममा ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ।
साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरू समेत ताेकिएकाे छ ।
आयोगका अनुसार सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने मुख्य निर्वाचन अधिकृतकै जिम्मेवारीमा छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू प्रशिक्षणपछि कार्यक्षेत्रमा जाँदैछन् ।
आयोगले यसअघि जस्तै जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत ताेकेकाे छ ।
यस्ताे छ स्थानीय तहकाे निर्वाचनकाे तालिका
वैशाख ८ गतेः सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय स्थापना
बैशाख ११ र १२ गतेः उम्मेदवार मनाेनयन
बैशाख १२ गतेः मनोनयन दर्ता भएको सूची प्रकाशन
बैशाख १३ गतेः उम्मेदवारको विरोधमा उजुरी दिने
बैशाख १४ र १५ गतेः मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुँझ गरी निर्णय गर्ने
बैशाख १५ गतेः मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने
बैशाख १६ गतेः उम्मेदवारले नाम फिर्ता लिने
बैशाख १६गतेः उम्मेदवारको अनितम नामावली प्रकाशन
बैशाख १७ गतेः उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान
बैशाख ३० गतेः स्थानीय तहकाे जनप्रतिनिधि छनाैटका लागि मतदान


