भरतपुरमा महानगरमा माओवादी केन्द्रकाे दाबी स्वभाविकः अध्यक्ष प्रचण्ड
भरतपुर अनि रेनु नै हुनपर्छ भनेका छैनाै, ६ मध्ये एक त पाइहाल्छाै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफ्नाे पार्टीकाे दाबी स्वभाविक रहेकाे बताउनुभएकाे छ । उहाँले भरतपुर अनि रेनु नै भनेर आफ्नाे पार्टीले अडान नराखेकाे भन्दै ६ मध्ये एक महानगरपालिकाकाे नेतृत्वका लागि दाबी रहेकाे बताउनुभयाे ।
पार्टीले चुनाव लक्षित गतिविधि प्रचारका लागि प्रत्येक गर्न लागेकाे नियमित साप्ताहिक पत्रकार सम्मेलनकाे सुरुवातका लागि प्रचण्ड पेरिसडाँडा पुग्नुभएकाे थियाे ।
साे क्रममा उहाँले ६ महानगर र ११ वटा उपमहानगरमा समझदारी बनाउने प्रयास भइरहेको बताउनुभयाे । उहाँले ५० प्रतिशत कांग्रेसले लिने र बाँकी एक एक वटा अन्य ३ पार्टीले लिने समझदारी हुन लागेकाे बताउनुभयाे ।
गठबन्धनको बैठकमा कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज लिने गरी प्रस्ताव भएकाे छ ।

